Kathmandu Press

स्वस्तिमाले अभिनय गरेको साउथ फिल्म थिरिमालीको ट्रेलर रिलिज (भिडियो)

काठमाडौं, पुस २९ : नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने भनेर चर्चामा आएको फिल्म थिरिमाली को ट्रेलर रिलिज भएको छ ।ट्रेलरमा अभिनेत्री स्वस्तिमा...
स्वस्तिमाले अभिनय गरेको साउथ फिल्म थिरिमालीको ट्रेलर रिलिज (भिडियो)

काठमाडौं, पुस २९ : नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने भनेर चर्चामा आएको फिल्म थिरिमाली को ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा अभिनेत्री स्वस्तिमा नृत्य गर्दै देखिन्छिन् । फिल्मको ट्रेलरमा नेपाली अभिनेता माओत्से गुरुङ पनि अटाएका छन् । नेपाल र भारतमा खिचिएको फिल्मको सार्वजनिक २ मिनेट ४१ सेकेण्ड लामो ट्रेलरमा नेपालका दृश्यहरुलाई पनि प्राथमिकताका साथ समेटिएको छ ।

Hardik ivf

नेपाली ब्यानर अनन्या फिल्मस्ले यो फिल्म निर्माणमा सहकार्य गरेको छ । नेपाली निर्मातामा सरोज न्यौपाने छन् । स्वस्तिमा र माओत्सेसँगै नेपाली कलाकार उमेश गुरुङको पनि यो फिल्ममा अभिनय समेटिएको छ । साउथ कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल लगायत यो फिल्ममा अभिनयमा छन् । 

राजिव सेट्ठीले थिरिमालीलाई निर्देशन गरेका हुन् । फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन । हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगूसँगै नेपाली भाषामा पनि फिल्म प्रदर्शन हुने बताइएको छ ।

प्रकाशित मिति: २०:५५ बजे, बिहीबार, पुस २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्