सुन र चाँदीको मूल्य लगातार घट्दै
काठमाडौं, भदौ २२ : लगातार बढ्दै गएको सुनको मूल्य पछिल्लो समय भने ओरालो लाग्न थालेको छ। गत शुक्रबार छापावाला सुनमा प्रतितोला एक हजार चार सय घटेर ७२ हजा....
काठमाडौं, भदौ २२ : लगातार बढ्दै गएको सुनको मूल्य पछिल्लो समय भने ओरालो लाग्न थालेको छ। गत शुक्रबार छापावाला सुनमा प्रतितोला एक हजार चार सय घटेर ७२ हजार कायम भएको छ।
सुनको मूल्य आइतबार पनि पाँच सय रुपैयाँ घटेको छ। आइतबार प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्यमा पनि प्रतितोला पाँच सय गिरावट आएको छ। तेजबी सुनको मूल्य ७१ हजार दुई सय कायम भएको छ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर आठ सय ८५ रुपैयाँ कायम भएको छ। शुक्रबार एकै दिन चाँदीको मूल्यमा ४० रुपैयाँको गिरावट आएको थियो।
प्रकाशित मिति: १३:०९ बजे, आइतबार, भदौ २२, २०७६
थप समाचार






