भारतीय राष्ट्रपतिको विमानलाई पाकिस्तानको आकाशमा उड्न रोक
काठमाडौं, भदौ २२ : पाकिस्तानले भारतीय राष्ट्रपतिको विमानलाई पनि आफ्नो आकाशमा उड्न नदिने भएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अध्यक्....

काठमाडौं, भदौ २२ : पाकिस्तानले भारतीय राष्ट्रपतिको विमानलाई पनि आफ्नो आकाशमा उड्न नदिने भएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको बैठकले भारतीय राष्ट्रपतिको विमानलाई आफ्नो आकाशमा उड्न नदिने निर्णय गरेको हो।
पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले राष्ट्रपतिको विमानलाई पनि पाकिस्तानको ‘एयर स्पेस’मा उड्न अनुमति नदिने निर्णय गरेको जानकारी दिएका छन्।
भारतका राष्ट्रपति रामनाथ कोविन्द सोमबार आइसल्यान्ड, स्वीट्जरल्यान्ड र स्लोबेनियाको भ्रमणमा जाँदै छन्। ति देशका लागि जादा पाकिस्तानको आकाश भएर जानुपर्छ। उनीसँगै भारतीय उद्योगपति, व्यापारी तथा प्रतिष्ठि व्यक्तिहरु पनि गइरहेको भारतीय मिडियाले जनाएका छन्।
भारतले जम्म र कश्मीरको विशेष अधिकार खोसेपछि दुवै देशबीच तनाव उत्पन्न भएको छ। पाकिस्तानले त्यसको विरोध गर्दै आएका छ। एक महिनादेखि नै भारतबाट उड्ने जहाजलाई पाकिस्तानको आकाशमा उड्न दिएको छैन।
भारतले राष्ट्रपतिको विमानलाई उड्न दिने अपेक्षा गरेको थियो। तर, पाकिस्तानले राष्ट्रपतिको विमानलाई पनि आफ्नो आकाशमा उड्न नदिने निर्णय गरेको हो।











-1784808429.png)