Kathmandu Press

चिनियाँ विदेशीमन्त्री आज काठमाडौं आउँदै

काठमाडौं, भदौ २२ : चीनका विदेशमन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन्।

हिजो पाकिस्तानको भ्रमणमा गएका मन्त....

चिनियाँ विदेशीमन्त्री आज काठमाडौं आउँदै

काठमाडौं, भदौ २२ : चीनका विदेशमन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन्।

हिजो पाकिस्तानको भ्रमणमा गएका मन्त्री वाङ यी आज साँझ काठमाडौं पुग्न लागेका हुन्। तीन दिने भ्रमणका क्रममा द्विपक्षीय हितका विषयमा छलफल हुने जनाएको छ।

उनको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई सोमबार भेट्नेछन्।

भारतका विदेशमन्त्री एस.जयशंकर नेपालको भ्रमणमा आएको दुई सातापछि चिनियाँ विदेशमन्त्री यी नेपालको भ्रमणमा आउन लागेका हुन्। भारतका विदेशमन्त्री जयशंकर भदौ ४ गते नेपालको भ्रमणमा आएका थिए।

चीनका विदेशमन्त्रीको भ्रमणका क्रममा नेपाल–चीन रेलमार्गका विषयमा पनि छलफल हुने जनाएको छ।

प्रकाशित मिति: १०:४६ बजे, आइतबार, भदौ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्