मापसे गरेर चलाएको ट्रयाक्टर आगनमै पुग्दा बालकको मृत्यु
दाङ, भदौ २२ : मादक पदार्थ सेवन गरेको चालकले अनियन्त्रित रुपमा ट्राक्टर हुइकाउदा आगनमै बसिरहेका बालकको मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगर....

दाङ, भदौ २२ : मादक पदार्थ सेवन गरेको चालकले अनियन्त्रित रुपमा ट्राक्टर हुइकाउदा आगनमै बसिरहेका बालकको मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा आगनमा बसिरहेका १४ वर्षीय अनिल विकलाई ट्रयाक्टर ठक्कर दिँदा मृत्यु भएको हो।
शनिबार बेलुका आफ्नै घरको आँगनमा बसिरहेका अनिललाई रा १ त २६३१ नं.को ट्र्याक्टर ठक्कर दिएको थियो। मदिरा सेवन गरेका चालकले
अनियन्त्रित कुँदाउदा ट्रयाक्टर आगनमै पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए।
उनका अनुसार, ट्रयाक्टरले ठक्कर दिँदा अनिल घाइते भएका थिए। उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











-1784808429.png)