अक्षय–इमरान अभिनित 'सेल्फी'को टिजर सार्वजनिक
काठमाडौं, पुस २८ : अभिनेताद्वय अक्षय कुमार र इमराज हासमी अभिनित फिल्म ‘सेल्फी’ टिजर सार्वजनिक भएको छ। राज मेहताले निर्देशन गर्ने फिल्मको टिजर बुधबार...
काठमाडौं, पुस २८ : अभिनेताद्वय अक्षय कुमार र इमराज हासमी अभिनित फिल्म ‘सेल्फी’ टिजर सार्वजनिक भएको छ। राज मेहताले निर्देशन गर्ने फिल्मको टिजर बुधबार सार्वजनिक भएको हो।
अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालमार्फत सेल्फीको टिजर सार्वजनिक गरेका हुन्। टिजर सार्वजनिक गर्दै उनले खेलेका छन्, ‘तपाईंहरु माझ सेल्फी प्रस्तुत गरेको छु । यसले तपाईं धेरै मनोरञ्जन र खुसी दिनेछ।’ उनले फिल्मको सुटिङ चाँडै सुरु हुने पनि उल्लेख गरेका छन्।
करण जोहरले निर्माण गर्ने फिल्म सेल्फी सन् २०१९ मा निर्माण भएको मललयालम भाषको कमेडी ड्रामा फिलम ‘ड्राइभिङ लाइसेन्स’को रिमेक हो।
‘वान्स अपन टाइम्स इन मुम्बई’पछि अक्षय र इमरान पहिलो पटक सेल्फीमार्फतसँगै देखिन लागेका हुन्।
प्रकाशित मिति: १७:४७ बजे, बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)