Kathmandu Press

द्वारिकादेवी ठकुरानी सम्मानबाट डा. आरजु देउवा सम्मानित

काठमाडौं, भदौ २० : नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी डा. आरजु राणा देउवा ‘द्वारिकादेवी ठकुरानी स्मृति’ सम्मानबाट सम्मानित भएकी छन्।....

द्वारिकादेवी ठकुरानी सम्मानबाट डा. आरजु देउवा सम्मानित

काठमाडौं, भदौ २० : नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी डा. आरजु राणा देउवा ‘द्वारिकादेवी ठकुरानी स्मृति’ सम्मानबाट सम्मानित भएकी छन्। 

नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिले शनिबार लोकतन्त्र, महिला अधिकार र सुदुरपश्चिमको सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै डा. देउवालाई सम्मान गरेको हो। 

समितिले दक्षिण एसियाकै पहिलो महिला मन्त्री ठकुरानीको स्मृतिमा लोकतन्त्र र समाज सेवामा योगदान गर्ने व्यत्तित्वलाई उक्त सम्मान दिने गरेको छ। 

काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमाणपत्र तथा दोसल्ला ओडाएर डा. देउवालाई सम्मान गरेका हुन्। 

‘जय नेपाल’ स्मारिकाको विमोचन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा ।

भारतको पञ्जाव विश्वविद्यालयबाट मनोबिज्ञानमा विद्यावारिधी गरेकी डा. देउवाले विगत चार दशकदेखि नेपाली महिला शशक्तिकरणको विभिन्न क्षेत्रमा काम गर्दै आएकी छन्। साथी नामक संस्थाको संस्थापक भएर महिला हक र अधिकारमा क्रियाशिल डा.देउवाले त्यसपछि विभिन्न संस्था हुदौ नेपाली कांग्रेसमा रहेर महिला अधिकार र लोकतन्त्रको सवलिकरणमा काम गर्दै आएकी छन्। तत्कालिन संविधानसभा सदस्यको रुपमा उनले संविधानमा महिला अधिकार स्थापित गराउन संविधान निर्माणका क्रममा संविधानसभाभित्र महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिईन्। 

सम्मान ग्रहण गर्दै सांसद रामबहादुर विष्ट ।

त्यस्तै सम्पर्क समितिले नेपाली कांग्रेस एनडी ‘प्रकाश’ चटौत स्मृति सम्मानबाट सांसद रामबहादुर विष्टलाई सम्मान गरेको छ। नेपाली कांग्रेस सिद्धराज ओझा स्मृति सम्मानबाट भने बलबहादुर कुँवर सम्मानित भएका छन्।  

समितिका सभापति यज्ञराज उपाध्यायले विभिन्न क्षेत्रमा नेतृत्वदायि भूमिका निर्वाह गर्ने व्यत्तित्वलाई सम्मान गर्न पाउँदा नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समिति निकै खुशी भएको बताए। 

सम्मान लिर्दै समाजसेवी जनकबहादुर धामी ।

कार्यक्रममा ‘जय नेपाल’ नामका समितिको स्मारिकाको पनि विमोचन गरिएको थियो। कांग्रेस सभापति देउवाले उक्त स्मारिकाको विमोचन गरेका थिए। 

सम्मान लिर्दै युवा नेता टेकबहादुर विक ।

कार्यक्रममा अछाम र सदुरपश्चिमको विकासमा सहयोग पुर्‍याउने विभिन्न व्यत्तित्वहरुलाई पनि सम्मान स्वरुप कदर पत्र दिइएको थियो। उद्यमी एवं समाजसेवी जनकबहादुर धामी, युवा नेता टेकबहादुर विक र परसुराम नगरपालिका, डडेलधुराका मेयर भीमबहादुर साउदलाई उक्त सम्मान दिइएको थियो। 

प्रकाशित मिति: १८:३० बजे, शनिबार, भदौ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्