मोटरसाइकल दाइजो नपाएको निहुँमा श्रीमतीको हत्या
रौतहट, भदौ २१ : मोटरसाइकल दाइजो नपाएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको छ। दाइजोको निहुँमा राजपुर नगरपालिका–७ अकोलवाकी २५ वर्षीय....

रौतहट, भदौ २१ : मोटरसाइकल दाइजो नपाएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको छ। दाइजोको निहुँमा राजपुर नगरपालिका–७ अकोलवाकी २५ वर्षीया सञ्जु देवी सहनीको हत्या भएको हो।
ज्याइँ रामबाबुले मोटरसाइकल दाइजो नपाएको भन्दै सञ्जुलाई पछिल्लो समय कुटपिट गर्दै आएको उनका बुवा अविलास सहनीले प्रहरीमा किटानी जाहेरी दिएका छन्।
कान्छी छोरीको बिहेमा मोटरसाइकल दाइजो दिएको र आफूलाई नदिएको भन्दै रामबाबुले सञ्जुमार्फत आफूलाई पनि मोटरसाइकल माग गरेका थिए। बिहीबार मृत्यु भएको खबर पाएपछि आफूहरु गएर हेर्दा छोरी सञ्जुको घाँटीमा चोट देखिएकाले हत्या नै भएको अविलासको दाबी छ।
घटनाबारे अनुसन्धानका लागि भन्दै प्रहरीले सञ्जुका श्रीमा रामबाबु र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए।
शव पोर्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











-1784808429.png)