दाङमा खोलामा डुबेर दुई युवकको मृत्यु
तुलसीपुर, भदौ २१ : दाङमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–८ स्थित गोते खोल....

तुलसीपुर, भदौ २१ : दाङमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–८ स्थित गोते खोलमा माछा मार्ने क्रममा डुबेर सल्यान कपुरकोट–५ का २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भई हाल कपुरकोटमा बस्ने २६ वर्षीय मिलन लामाको मृत्यु भएको हो।
माछा मार्ने क्रममा उनीहरुलाई गोतेखोलाले शुक्रबार साँझ बगाएको थियो। बुढा र लामाले तुलसीपुर–८ कटकुईयामा बंगुर पालन गर्दै आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:३१ बजे, शनिबार, भदौ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)