Kathmandu Press

मीनबहादुर शाहीको  ‘सङ्घीयतामा शिक्षा’ सार्वजनिक

काठमाडाैं, पुस २५ : डा. मीनबहादुर शाहीले लेखेको ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ। शिक्षाविद् डा. विद्यानाथ कोइराला र...
मीनबहादुर शाहीको  ‘सङ्घीयतामा शिक्षा’ सार्वजनिक

काठमाडाैं, पुस २५ : डा. मीनबहादुर शाहीले लेखेको ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ। 

शिक्षाविद् डा. विद्यानाथ कोइराला र डा हरि लम्सालले यहाँ आयोजित एक कार्यक्रममा सो पुस्तक विमोचन गर्नुभएको हो। सो अवसरमा उनीहरुले नेपालको शैक्षिक अवस्थाका बारेमा जानकारी लिन पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे। पुस्तकमा शिक्षा क्षेत्रका धेरै विषय समेटिएको उनीहरुको भनाइ थियो।

Hardik ivf

नेपालमा लामो समयसम्म शिक्षामा देखिएका चुनौती समाधान हुनसकेको छैन। तिनलार्ई एकीकृतरुपमा पुस्तकमार्फत समाधानको पहल गर्न सहयोग मिल्ने लेखक शाहीले बताए। सङ्घीय प्रणालीमा अबको शिक्षालाई सही ढङ्गबाट अघि बढाउनका लागि के के चुनौती छन् र ती चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि पुस्तकमा खाका प्रस्तुत गरिएको जनाइएको छ। 

अबको शिक्षा कस्तो हुनु आवश्यक छ जस्ता विषय पनि पुस्तकमा समेटिएको लेखक शाहीले बताए।

प्रकाशित मिति: १८:२१ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्