Kathmandu Press

एसियामा कोइलाको प्रयोगले जलवायु परिवर्तन रोकथाम गर्ने प्रयास जोखिममा 

एसिया कोइला उर्जामा अत्यधिक भर परिरहेको छ। यो उत्तिकै विस्तार पनि भइरहेको छ।

तर, यसले विध्वंशकारी जलवायु परिवर्तन रोकथाम गर्ने विश्वव्यापी प्रयास जोखिममा पार....

एसियामा कोइलाको प्रयोगले जलवायु परिवर्तन रोकथाम गर्ने प्रयास जोखिममा 

एसिया कोइला उर्जामा अत्यधिक भर परिरहेको छ। यो उत्तिकै विस्तार पनि भइरहेको छ।

तर, यसले विध्वंशकारी जलवायु परिवर्तन रोकथाम गर्ने विश्वव्यापी प्रयास जोखिममा पारेको संयुक्त राष्ट्र संघका एक उच्च पदस्थ अधिकारीले चेतावनी दिएका छन्।

भारत, इन्डोनेसिया, फिलिपिन्स र भियतनामजस्ता विकासोन्मुख अर्थतन्त्रले विद्युतको बढ्दो माग पूरा गर्न कोइलाको प्रयोग बढाए पनि केही देशले भने नवीकरणीय उर्जाको प्रयोगलाई बढावा दिएका छन्। तर कुल उर्जा उत्पादनमा यसको अंश अझै न्यून छ।

Hardik ivf

जलवायु परिवर्तन नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा योगदान पुर्‍याउन एसियाली देशहरूले अझ महत्वाकांक्षी लक्ष्यहरू तय गर्नुपर्ने संयुक्त राष्ट्र संघको युएनएफसीसीसीका उपकार्यकारी सचिव ओवैस सरमदले बताए।

“यो क्षेत्रमा अझै केही देशहरू छन्, जो उर्जाका लागि कोइला र जीवाश्म इन्धनमा अत्यधिक भर पर्छन्। केही क्षेत्रमा त्यो क्रम बढ्दो छ,” उनले भने, “यो एकदमै गम्भीर समस्या हो किनभने विश्वका अन्य क्षेत्रमा हासिल गरेको उपलब्धिपूर्ण रूपमा असफल हुनसक्छ।”

एसियाली देशका अधिकारीहरू थाइल्याण्डको राजधानी बैंककमा जलवायु परिवर्तनविरूद्ध क्षेत्रीय र विश्वव्यापी प्रयासहरू प्रोत्साहन गर्नेबारे छलफल गर्न भेला हुँदै गर्दा उनको यस्तो अभिव्यक्ति आएको हो। पेरिस सम्झौताले विश्वव्यापी औसत तापक्रमलाई दुई डिग्री सेल्सियसभन्दा तल राख्नुपर्ने व्यवस्था गरेको छ। यसलाई डेढ डिग्री सेल्सियससम्म पुर्यातउने प्रयास पनि भइरहेका छन्।

वर्तमान नीतिहरूले शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि ३ डिग्री सेल्सियसमा राख्न सफल भएको छ। तापक्रम थप वृद्धि भए जलवायु प्रणालीमा अपूरणीय क्षति हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। त्यसपछि खेतीपाती नहुने, बलपूर्वक हुने आप्रवासन, प्रजातिको “मास एक्सटिङ्कसन”, “इकोसिस्टम कोल्याप्स” र सामाजिक तहनै तहसनहस हुने जोखिम बढ्ने उनीहरू बताउँछन्।

बैंकक, जकार्ता र मनिलाजस्ता केही एसियाली शहर डुब्ने जोखिममा पनि छ। समुद्र सतह बढ्दै गएको छ। “सबै तहमा आमूल, रूपान्तरणकारी र अत्यधिक महत्वाकांक्षी काम हुनुपर्छ,” सरमदले भने, “हामीसँग एकदमै थोरै समय छ।”

बैंकक सम्मेलनपछि यही महिना न्यूयोर्कमा एउटा जलवायु सम्मेलन हुँदैछ। डिसेम्बरमा चिलीमा युएन क्लाइमेट चेञ्ज कन्फेरेन्स (सिओपी २५) हुँदैछ।
 

प्रकाशित मिति: ०७:१५ बजे, शनिबार, भदौ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्