Kathmandu Press

बैंकबाट ऋण लिन थप कडाइ, कर कार्यालय र बैंकमा एउटै विवरण बुझाउनुपर्ने

काठमाडौं, भदौ २० : नेपाल राष्ट्र बैंकले व्यवसायीलाई बैंकबाट ऋण लिन थप कडाइ गरेको छ। 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाल....

बैंकबाट ऋण लिन थप कडाइ, कर कार्यालय र बैंकमा एउटै विवरण बुझाउनुपर्ने

काठमाडौं, भदौ २० : नेपाल राष्ट्र बैंकले व्यवसायीलाई बैंकबाट ऋण लिन थप कडाइ गरेको छ। 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गर्दै व्यवसायीले ऋण लिँदा पेश गरेको विवरणलाई कर कार्यालयमा पेश गरेको विवरणसँग दाँजेर हेर्न  निर्देशन दिएको हो। कर कार्यालयको विवरण र बैंकमा बुझाएको विवरण एउटै हुनुपर्ने समेत उल्लेख छ। 

Hardik ivf

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियगमन शाखाले शुक्रबार वाणिज्य बैंकहरुलाई निर्देशिका जारी गरेको हो। सरकारले आर्थिक वर्षको बजेटमा कर कार्यालय र बैंकमा एकै किसिमको विवरण बुझाउनुपर्ने नियम कार्यान्वयन गर्ने घोषणा गरेको थियो। क, ख र ग वर्गका वित्तीय संस्थाले अनिवार्य निर्देशिका अनुसार काम गर्नुपर्ने समेत राष्ट्र बैंकले निर्देशन दिएको छ। 

आन्तरिक राजश्व विभागले बैंक तथा वित्तीय संस्थाका लागि सूचना आदानप्रदान गर्ने एउटा प्रणाली विकास गरेको छ। जसबाट ऋण लिन चाहेको कम्पनी तथा फर्मको विवरण बैंकले प्राप्त गर्नेछ। बैंकबाट ऋण लिन कर कार्यालयको स्वीकृति दिएपछि बैंकले ऋणको जानकारी कर कार्यालयलाई दिनुपर्ने समेत भएको छ। 

नक्कली कागज बनाएर बढी ऋण बैंकबाट लिएको गुनासो भइरहेका बेला कडाइ गरिएको हो। अब कुनै पनि कम्पनीले कर कार्यालयमा एउटा र बैंकमा अर्को विवरण बनाएको भए त्यो कम्पनी तथा फर्मलाई कर कार्यालयले कारबाही समेत गर्ने भएको छ। यो नियम भदौ २५ देखि कडाइका साथ लागू हुनेछ। 

हेर्नुस् राष्ट्र बै‌ंकको निर्देशन :

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, भदौ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्