चिनियाँ विदेशमन्त्री वाङ आइतबार नेपाल आउने
काठमाडौं, भदौ २० : चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिवसीय औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन्।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञ....

काठमाडौं, भदौ २० : चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिवसीय औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन्।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’समेत रहेका विदेशमन्त्री वाङ आइतबार काठमाडौं आइपुग्ने छन्।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गगर्ने छन्। सोही दिन परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, भदौ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)