Kathmandu Press

मकवानपुरमा टाटासुमो दुर्घटना, तीन जनाको मृत्यु 

भिमफेदी, भदौ २० : मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।

सर्लाहीब....

मकवानपुरमा टाटासुमो दुर्घटना, तीन जनाको मृत्यु 

भिमफेदी, भदौ २० : मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमो शुक्रबार दिउँसो २ बजेतिर भीमफेदी गाउँपालिका–६, चियानडाँडामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। 

दुर्घटनामा परी महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा, सर्लाहीका महेन्द्र सहनी र रामेछाप रजनगाउँकी १० महिने शिशु साम्राज्ञी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंह जानकारी दिए।

घाइतेहरुको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
 
प्रकाशित मिति: १७:२५ बजे, शुक्रबार, भदौ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्