Kathmandu Press

झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक

काठमाडाैं, पुस २४ : कृषि विकास बैंक कानुन विभागमा कार्यरत कानुन अधिकृत झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक गरिएको छ।नेपाली उपन्यास लेखन परम्परामा...
झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक

काठमाडाैं, पुस २४ : कृषि विकास बैंक कानुन विभागमा कार्यरत कानुन अधिकृत झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक गरिएको छ।

नेपाली उपन्यास लेखन परम्परामा नयाँ धारबाट लेखिएको उपन्यास आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख कथाकार माया ठकुरीले लोकार्पण गरेका हुन्। पैरवी बुक हाउस प्रालिले प्रकाशन गरेको उपन्यासले अन्धकारभित्र उज्यालोको खोजी गरेको छ।

Hardik ivf

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै कथाकार ठकुरीले आजको युवा पुस्ताको दिमाग झक्झक्याउने कृतिका रुपमा ‘अन्धकूप’ पाठकमाझ आएको बताए। विद्यार्थी र युवापुस्ताले पढ्नैपर्ने पुस्तकले खाडी मुलुकमा जानेले जति देशका लागि योगदान अन्य मुलुकमा जानेले गर्न नसकेका जस्ता विषय उजागर गरिएको उनले सुनाए।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कला साहित्य क्षेत्रमा विगतदेखि नै बैंकमा कार्यरत कर्मचारीले योगदान दिँदै आएको बताए। शैलेन्द्र साकार, कृष्ण धरावासी, शक्तिवल्लभ, अनिल पौडेलजस्ता साहित्यकारले बैंकमा कार्यरत रहेरै पनि नेपाली साहित्यमा महत्वपूण भूमिका निर्वाह गरेकाे उनले सुनाए।

उपन्यासमाथि समीक्षा गर्दै समालोचक महेश पौडेलले नयाँ धारको उपन्यास लेख्ने आँट लेखकले गरेर पाठकलाई फरक स्वाद दिएकाे बताए। बैंकिङ क्षेत्रमा काम गर्ने धेरै नेपाली साहित्यमा आउन थालेकामा उनले खुसी व्यक्त गरे।

समालोचक डा अशोक थापाले नयाँ पृथ्वीको खोजीमा उपन्यासले फरक विषयवस्तु उठान गरेको बताए। नयाँ पृथ्वीका लागि व्यक्तिभित्र रहने आस्था एवं विश्वास भने अवरोधका रुपमा रहने यथार्थलाई उपन्यासले बाहिर ल्याएको उनको मन्तव्य थियो।

लेखक तिमल्सिनाले नेपाली समाजमै देखिने विषयवस्तुलाई आफूले औपन्यासिक रुप दिएको उल्लेख गरे। कार्यक्रममा पैरवी बुक हाउसका अध्यक्ष चन्द्र शिवाकोटीले समाजप्रति उत्तरदायी कृतिलाई पाठकले मन पराउने गरेको बताए। दुई सय ५१ पृष्ठको पुस्तकको मूल्य ४७५ रूपैयाँ छ।

प्रकाशित मिति: १८:३३ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्