Kathmandu Press

नागार्जुन साहित्यिक प्रतिष्ठानको अध्यक्षमा पौडेल

काठमाडौं, पुस २४ : नागार्जुन साहित्यिक प्रतिष्ठानको आज (शनिबार) सम्पन्न १२औं अधिवेशनले साहित्यकार दिल पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरको छ। सिन्धुली...
नागार्जुन साहित्यिक प्रतिष्ठानको अध्यक्षमा पौडेल

काठमाडौं, पुस २४ : नागार्जुन साहित्यिक प्रतिष्ठानको आज (शनिबार) सम्पन्न १२औं अधिवेशनले साहित्यकार दिल पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ। सिन्धुली निवासी पौडेल हाइकु, तान्का, कविता आदि विधामा सक्रिय छन्।

सो प्रतिष्ठानको २१औं वार्षिकोत्सवका अवसरमा आयोजित अधिवेशनमा सर्वसम्मतरूपमा केन्द्रीय कार्यसमिति चयन गरिएको हो। प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा माधव निर्दोष, उपाध्यक्षमा यशोदा अधिकारी, महासचिवमा युवराज काफ्ले ‘नास्तिक’, सचिवमा माधव घिमिरे ‘अटल’ र कोषाध्यक्षमा शिवहरि पाण्डे रहेका छन्।

कार्यसमिति सदस्यमा एक सदस्य पछि थप्ने गरी देवकुमारी लुइँटेल, रामदेव पाण्डे, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, प्रकाश काेईराला, गंगा खतिवडा, गोविन्दराज शिवाकोटी, विष्णुकुमारी सुवेदी र अनिमाकुमारी पौडेल निर्वाचित भएका छन्। प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश सिलवालले पौडेललाई कार्यभार हस्तान्तरण गरे।

Hardik ivf

सभामा निर्वाचनका लागि साहित्यकार डा रमेश शुभेच्छुको संयोजकत्वमा चेतनाथ धमला र कृष्ण तामाङ सदस्य रहेको समिति बनाइएको थियो । बन्दसत्रमा समसामयिक साहित्यिक प्रस्ताव लेखन समितिका संयोजक डा. हरि सिलवालले  पेश गर्नुभएका १९ बुँदे साहित्यिक रुपान्तरण र अभियानसँग सम्बन्धित बुँदालाई पारित गरिएको थियो।

सभामा निवर्तमान महासचिव माधव निर्दोषको सांगठनिक प्रतिवेदन र निवर्तमान कार्यवाहक कोषाध्यक्ष शिवहरि पाण्डेको आर्थिक प्रतिवेदन र अध्यक्ष सिलवालको विधान संशोधन प्रस्ताव छलफलसहित पारित गरिएको थियो।

तीन लोकतान्त्रिक स्रष्टालाई सम्मान

कार्यक्रममा प्रतिष्ठानले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा योगदान दिने तीन साहित्यकारलाई यस वर्षको स्रष्टा सम्मान प्रदान गरेको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रप्रसाद उपेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार वासुदेव अधिकारी र डा बेञ्जु शर्मा तथा मातृका पोखरेललाई सम्मान गरिएको हो। 

उनीहरुले आफ्ना साहित्यिक विधाका साथै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको शान्तिपूर्ण आन्दोलनमा अगुवाइपूर्ण भूमिका निर्वाह गरेर दिएको योगदानको मूल्यांकन गर्दै सो सम्मान दिन लागिएको जनाइएको छ। कुलपति उप्रेतीले राज्यले साहित्य क्षेत्रलाई पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रका साहित्यिक संस्थाहरुसँग पनि सहकार्य गरिने बताए।

सो प्रतिष्ठानका सल्लाहकार एवं प्राज्ञ डा. देवी नेपालको संयोजकत्वमा गठित चयन समितिको सिफारिसलाई अनुमोदन गरिएको थियो । यसअघि सो संस्थाले  लोकतान्त्रिक स्रष्टाको संयुक्त मञ्चका तत्कालीन अध्यक्ष मण्डलका सदस्य वैरागी काँइला, निनु चापागाईँ, आनन्ददेव भट्ट, डा. तुल्सीप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नागार्जुनका सल्लाहकार प्रा डा रामप्रसाद ज्ञवालीले इतिहासको खास खालखण्डमा नागार्जुजले उल्लेखनीय भूमिका निर्वाह गरेकाले यसलाई बचाएर लागन आग्रह गर्नुभयो । अर्का सल्लाहरकार डा देवी नेपालले सम्मानित स्रष्टाले लोकतान्त्रिक साहित्यिक आन्दोलन र लेखनीमा दिएको योगदानको चर्चा गरेका थिए। 

प्रतिष्ठानका संस्थापक अध्यक्ष वैरागी जेठा, पूर्वअध्यक्ष रोजन राई, पूर्वउपाध्यक्ष गङ्गा कर्माचार्य, प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष सुशीला प्रधानाङ्ग, कवि भारद्वाज मित्र, प्रेमराज सिलवाललगायतले साहित्यिक संस्थाका चुनौती र भावी दिशाबारे सुझाव दिएका थिए।

प्रकाशित मिति: १७:३७ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्