चिकित्सकहरूको सुझाव- डेंगू महामारी होइन तर समयमै उपचार गराउनुस्
काठमाडौं, भदौ २० : देशभर डेंगूको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन्।
रिपोर्टर्स क्लब ....

काठमाडौं, भदौ २० : देशभर डेंगूको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार गरेको साक्षात्कारमा चिकित्सकहरुले रोग नियन्त्रणका लागि घरदेखि गल्लीसम्म जनचेतना र सरसफाइको अभियान चलाउनु पर्ने बताएका हुन्।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको र साउन १ गतेदखि भदौ १७ गतेसम्म २५५९ जनामा डेंगू रोगबाट संक्रमित भएको बताए।
हालसम्म प्रदेश १ मा ७५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा १०९३ जना, प्रदेश ४ मा ५७२ जना,प्रदेश ५ मा १०५ जना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना संक्रमित रहेको उनले बताए। यो रोगबाट कास्की, मकवानपुर, सुनरी, चितवनमा बढी संक्रमण देखिएको छ।
अहिलेसम्म १३० वटा मुलुकमा यो रोगको संक्रमण देखिएको जानकारी गराए। लाम्खुट्टेले १०० जनालाई टोकेमा १० जनालाई डेंगू संक्रमण हुने र संक्रमण भएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, आखाँको गेडी दुख्ने जानकारी उनले दिए। बढी संक्रमण भएकाहरुमा रक्तश्राव हुने, हड्डी भाँचिए जस्तो दुखाइ हुने, बान्ता हुने, खान मन नलाग्ने, शरीर शिथिल हुँदै जाने जस्ता लक्षणहरु देखिने उनले बताए।
शुक्रक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले हरेक दुई–दुई वर्षको अन्तरालमा डेंगू संक्रमणको रिसर्च हुने गरेको र हरेक तीन वर्षमा यो रोगको प्रकोप देखिने गरेको बताए। उनले भने–डेंगू संक्रमण ६ देखि ७ हजार फिटसम्मको उचाइसम्म पुगिसकेको छ।’ तर, अहिलेको डेंगू संक्रमण गम्भीर खालको नभएको उनले जानकारी दिए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्वप्रमुख डा.बाबुराम मरासनीले पानीको खाल्डाखुल्डी भएको ठाउँ, टायर भएको ठाउँमा यसको बढी संक्रमण हुने बताए। यसका लागि संगठनिक संरचना कमजोर भएको, जलवायु परिवर्तन यसका मुख्य कारण भएका् उनले बताए।











-1784808429.png)