Kathmandu Press

सबै आन्तरिक विमानस्थलभित्र सेवा सुविधा थपिन्छ : मन्त्री भट्टराई

काठमाडौं, भदौ २० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरु भएको बताएका छन्।<....

सबै आन्तरिक विमानस्थलभित्र सेवा सुविधा थपिन्छ : मन्त्री भट्टराई

काठमाडौं, भदौ २० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरु भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देशभित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा सेवा थपिँदै जाने बताएका हुन्। 

काठमाडौंलगायत देशभित्रका विमानस्थलहरुमा पर्यटन वर्ष–२०२० लक्षित कार्यक्रम पनि लागू हुने पनि मन्त्री भट्टराईले बताए। सरकार नागरिकलाई सेवा सुविधा दिन सधैँ तयार रहेको बताउँदै मन्त्री भट्टराईले आन्तरिकतर्फको  विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने बताए।

शुक्रबारबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहीको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ। 
 

प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, भदौ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्