१८ दिनपछि सिम्रिक एयरलाइन्सको प्रतिवन्ध फुकुवा, शनिबारदेखि उडान हुने
काठमाडौं, भदौ २० : नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्समाथि लगाएको प्रतिवन्ध १८ दिनपछि फुकुवा गरेको छ।
प्रतिवन्ध फुकुवासँगै सिम्....

काठमाडौं, भदौ २० : नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्समाथि लगाएको प्रतिवन्ध १८ दिनपछि फुकुवा गरेको छ।
प्रतिवन्ध फुकुवासँगै सिम्रिक एयरलाइन्सले शनिबारदेखि नियमित उडान गर्ने भएको छ। एयरलाइन्सले स्पेयर्स पार्ट्समा खेलवाड गरेको भन्द्यै हवाइ क्षेत्रको नियामक निकाय प्राधिकणले गत भदौ ४ गतेदेखि उडानमा प्रतिवन्ध लगाएको थियो।
प्राधिकरणको हवाइ सुरक्षा विभागलाई एयरलाइन्सले दुई साताअघि नै विवरण बुझाएको भएपनि प्राधिकरणले डकुमेन्ट सन्तोषजनक नभएको भन्दै थप विवरण माग गर्दै प्रतिवन्ध लम्ब्याएको थियो।
‘नियामकले भने अनुसार सबै प्रक्रिया पूरा गरेपछि प्रतिवन्ध फुकुवा भएकाले शनिबारदेखि उडान सुरु हुन्छ,’ एयरलाइन्सका बजार तथा विक्री विभाग प्रमुख प्रज्वल थापाले काठमाडौंप्रेससँग भने। सिम्रिक एयरलाइन्सले हवाइ सुरक्षामा नियामक निकायले भने अनुसार नै काम गर्ने प्रतिवद्धता समेत जनाएको छ।
सिम्रिकले हाल १९ सिट क्षमतायुक्त ‘बिचक्राफ्ट १९०० सी’ सिरिजका दुई जहाजमार्फत काठमाडौंबाट पोखरा, भरतपुर र माउन्टेन उडान गर्दै आएको छ। एयरलाइन्ससँग पाँच थान जहाज भएपनि हाल दुई थान जहाज मात्रै उडानयोग्य छन्।











-1784808429.png)