पाँच वर्षसम्म ओलीकै नेतृत्वमा सरकार: खनाल
झापा, भदौ २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पाँच वर्षसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै प्रधानमन्त्री रहने बत....
झापा, भदौ २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पाँच वर्षसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै प्रधानमन्त्री रहने बताएका छन्।
प्रेस संगठन झापाले शुक्रबार चन्द्रगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पाँच वर्षसम्म प्रधानमन्त्री परिवर्तन नहुने बताएका हुन्।
उनले मन्त्रिमण्डल हेरफेर भने हुन सक्ने बताए। खानलले भने,‘ओलीले नै पाँच वर्ष सरकार चलाउनु हुन्छ। त्यसको विकल्प छैन। बरु मन्त्री परिवर्तन हुन सक्छन्।’
उनले पार्टी एकताको प्रक्रिया लगभग अन्तिममा पुगिसकेको बताए। ‘पार्टी एकताका अब केही काममात्रै बाँकी छन्। ती काम अब सचिवालयको बैठकले टुंगो लगाउने छ,’ उनले भने।











-1784808429.png)