मातृभाषा कविता प्रतियोगिता गर्दै विद्यार्थी घेदुङ
काठमाडौं, पुस २३ : नेपाल तामाङ विद्यार्थी घेदुङले ल्होछारका अवसरमा तामाङ मातृभाषा खुला कविता प्रतियोगिता गर्ने भएको छ। आफ्नो २८औं स्थापना दिवस र २८५८...
काठमाडौं, पुस २३ : नेपाल तामाङ विद्यार्थी घेदुङले ल्होछारका अवसरमा तामाङ मातृभाषा खुला कविता प्रतियोगिता गर्ने भएको छ।
आफ्नो २८औं स्थापना दिवस र २८५८ (ताक ल्हाे) ल्होछारका अवसरमा घेदुङले कविता प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगिता आगामी माघ १५ गते दिन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने आयोजकले जनाएको छ। ‘शिक्षा र तामाङ संस्कृति’ शीर्षकमा आधारित भई कविताको सिर्जना गर्नुपर्नेछ। कविता १५० देखि २०० शब्दसम्मको हुनुपर्नेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको कार्यालयमा यही पुस २९ देखि आगामी माघ १० सम्म सम्पर्क राखी नाम दर्ता गर्नुपर्ने जनाइएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। सान्त्वना पुरस्कार विजेतालाई २ हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।













