देवेन्द्र बब्लुको ‘म त पर्खेको पर्ख्यै छु’ सार्वजनिक

काठमाडौं, पुस २३ : देवेन्द्र बब्लु नयाँ म्युजिक भिडियो लिएर दर्शकश्रोतामाझ आएका छन्।
उनले बिहीबार आफ्नै स्वर, शब्द तथा संगीत रहेको ‘म त पर्खेको पर्ख्यै छु’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन्।
उनले आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
सो गीतमा कृष्ण बिके भान्जाको एरेन्ज रहेको छ भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन्।
दीप सागर र रोशनी कार्कीको अभिनय रहेको भिडियो विशाल घिमिरेको निर्देशनमा बनेको हो। त्यसमा छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन नवीन घर्ती मगरको हो।
प्रेम सम्बन्ध टुटेपछि विचलित बनेका प्रेमीले छोडिजाने प्रमिकाकै पर्खाइमा बसिरहेको भावलाई समेटेर गीत तयार पारिएको छ।
गत वर्ष मात्र बब्लुले ‘भेटै हुन्न कि’ बोलको गीत बजारमा ल्याएका थिए। त्यो गीतले पनि निकै चर्चा पाएको थियो। बब्लुका ‘म हाँसे हाँस्छौ र?’ बोलको गीत पनि निकै चर्चित छ।












