एसिड प्रहार गरिएकी १५ वर्षीया छात्रालाई काठमाडौं लगियो
वीरगञ्ज, भदौ २० : एसिड प्रहारबाट घाइते भएकी १५ वर्षीया छात्रालाई काठमाडौं लगिएको छ। उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लगि....
वीरगञ्ज, भदौ २० : एसिड प्रहारबाट घाइते भएकी १५ वर्षीया छात्रालाई काठमाडौं लगिएको छ। उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको हो।
आज बिहान स्कुल जाँदै गर्दा वीरगञ्ज महानगरपालिका–३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि दुई युवकले एसिड प्रहार गरेका थिए। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, स्कुल जाने क्रममा गणेशमान चोक अगाडि उभिइरहेका युवकले एसिड प्रहार गरेका हुन्।
एसिड प्रहारबाट उनी गम्भीर घाइते भएकी छन्। उनलाई तत्कालै नारायणी अस्पताल पुर्याएको थियो।
उनको अनुहार, छाति र हातको दुवै भाग जलेको छ। उनको नारायणी अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
मुस्कानलाई एसिड प्रहार गर्ने स्थानीय १६ वर्षीय सम्साद मिया र १७ वर्षीय माजिद आलम रहेका छन्। दुवै जनालाई पक्राउ गरिएको एसपी राठौरले बताए।
मुस्कान वीरगञ्जस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छन्।
उनको उपचारका लागि सांसद प्रदीप यादवले ५० हजार सहयोग गरेका छन। नारायणी अस्पतालमा पुगेर सांसद यादवका स्वकीय सचिव निखिल वर्णवालले मुस्कानका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।