प्रधानमन्त्री स्वदेश फिर्ता, पत्रकारसँग बोल्न मानेनन्
काठमाडौं, भदौ २० : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा उपचार गरेर स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री ओलीले थाई एअरवेजको जहाजबाट शुक्रब....
काठमाडौं, भदौ २० : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा उपचार गरेर स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री ओलीले थाई एअरवेजको जहाजबाट शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएका हुन्।
उनलाई स्वागत गर्न प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत विशिष्ठ व्यक्ति विमानस्थल पुगेका थिए।
आज स्वेदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारसँग भने बोल्न मानेनन्। त्यहाँ पुगेका पत्रकारले प्रतिक्रियाका लागि आग्रह गरेपनि उनी केही नबोलि हात हल्लाएर विमानस्थलबाट बाहिरिएका थिए।
प्रधानमन्त्री ओलीले १४ दिन अघि सिंगापुर गएका थिए। उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो।
प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन्। उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो।
यस पटक समस्या देखिएपछि सिंगापुर गएका थिए। उनको सात पटक प्लाज्माफेरेसिस गरिएको छ।
यस अघि गत महिना पनि प्रधानमन्त्री सिंगापुर गएका थिए। एक सातासम्म उपचार गरिएको थियो।
गत महिना पनि स्वदेश फर्किने बेला प्रधानमन्त्री ओलीले विमानस्थलमा कुनै प्रतिक्रिया दिएका थिएनन्। अस्वस्थ भएपछि पुनः १४ दिन अघि सिंगापुर गएका थिए।
आज पनि उनको सचिवालयले पत्रकारलाई विमानस्थलमा बोलाएको थियो। तर, प्रधानमन्त्री ओलीले बोल्न नमानेपछि पत्रकार सम्मेलन गरिएन।
उनको स्वास्थ्य अवस्थाका बारेमा यस पटक पनि कुनै जानकारी दिइएको छैन।






