Kathmandu Press

कौसीदको फर्स्ट लुक टिजर सार्वजनिक (भिडियो) 

काठमाडौं, पुस २२ : अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्म ‘कौसीद’ को फर्स्ट लुक टिजर सार्वजनिक भएको छ । कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै...
कौसीदको फर्स्ट लुक टिजर सार्वजनिक (भिडियो) 

काठमाडौं, पुस २२ : अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्म ‘कौसीद’ को फर्स्ट लुक टिजर सार्वजनिक भएको छ । 

कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सनको काम सकाउँदै फर्स्टलुक सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार फिल्म प्रदर्शनको लागि तयार भइसकेको छ । सार्वजनिक फर्स्टलुकमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन् । 

Hardik ivf

वित्तिय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।यो फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन् । फिल्मको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ छन् ।

निर्देशक भास्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि। गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो । 

फिल्म क्षेत्रमा परिरहेको र पर्नसक्ने कोरोना महामारीको संभावित प्रभावलाई मध्यनजर गरेर छिट्टै नै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेर प्रचार प्रसारको थालनी गर्ने टिमले बताएको छ ।

प्रकाशित मिति: १९:०८ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्