Kathmandu Press

सुन्द्रावती खोलाले कार बगायो, एकको मृत्यु, दुई घाइते

दोलखा, भदौ २० : दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाएको छ। कारमा सवार एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।<....

सुन्द्रावती खोलाले कार बगायो, एकको मृत्यु, दुई घाइते

दोलखा, भदौ २० : दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाएको छ। कारमा सवार एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन्।

घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा १९ च ४३९० नं.को कार गए राति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार मृतकको शव परीक्षणका लागि चरिकोट अस्पताल ल्याइएको र कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भइरहेको छ।

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, भदौ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्