स्कुल जाँदै गरेकी १५ वर्षीया किशोरीमाथि एसिड प्रहार
वीरगञ्ज, भदौ २० : वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया किशोरीमाथि तेजाब (एसिड) प्रहार गरिएको छ। एसिड प्रहारबाट किशोरी घाइते भएकी छन्।
....

वीरगञ्ज, भदौ २० : वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया किशोरीमाथि तेजाब (एसिड) प्रहार गरिएको छ। एसिड प्रहारबाट किशोरी घाइते भएकी छन्।
विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई युवकले एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकाे छ।
एसिडबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन्।
मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ। बिहान ६ बजे विद्यालय जानलागेकी किशोरीमाथि सम्सादले एसिड खन्याएको प्रत्यक्षदर्शीले बताएका छन्।
प्रत्यक्षदर्शी र पीडितले दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।
उनले किशोरीमाथि एसिड खन्याउन सहयाेग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको शर्माले बताए।
मुस्कान वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यलायको कक्षा ९ मा अध्ययनरत छन्।











-1784808429.png)