बलिउड गायक सोनु निगम, उनकी श्रीमती र १४ वर्षीय छोरालाई कोरोना संक्रमण
काठमाडौं, पुस २२ : बलिउडका चर्तित गायक सोनु निगमको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोनु निगमसहित उनकी श्रीमती मधुरिमा निगम र १४ वर्षका...
काठमाडौं, पुस २२ : बलिउडका चर्तित गायक सोनु निगमको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोनु निगमसहित उनकी श्रीमती मधुरिमा निगम र १४ वर्षका छोरा निवानलाई कोरोना संक्रमण देखिएको हो।
सोनु आफैलै सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी गराएका हुन्। दुबैमा रहेका उनी आफ्नो प्रस्तुतीका लागि भारत आउने कार्यक्रम तय भएपछि कोरोना परीक्षण गराएका थिए।
सुपर सिंगर–३ को सुटिङका लागि समेत भुवनेश्वर आउने तयारी गरेका निगमले कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि यसबारेमा जानकारी गराएका हुन्। कोरोना पोजेटिभ देखिएपनि आफ्नो स्वास्थ्यमा भने गम्भीर समस्या नदेखिएको उनले बताएका छन्।
उनले आफ्नो घाँटी , श्वासप्रश्वास आदी सबै सामान्य नै रहेको जानकारी दिएका छन्।
यसअघि पनि रुघाखोकी, ज्वरो लगायतका सामान्य विरामी झेलिसकेको बताउँदै निगमले कोरोनाले सामान्य रुघाखोकी सरह असर गरेको बताएका छन्। आफू स्वस्थ रहेको अनुभव गरेपनि पटकपटकको परीक्षणमा कोरोना पोजेटिभ देखाएको उनले जानकारी गराएका छन्।
गायक निगमले आफ्ना कारण चलचित्र निर्माताहरुले नोक्सानी ब्यहोर्नुपरेप्रति दुख व्यक्त गरेका छन्।












