जनार्दन शर्माले भने– सडकबाट भिख माग्दैमा राजतन्त्र फर्किँदैन
हापुरे, भदौ १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कसैले भिख माग्दैमा राजतन्त्र नफर्किने बताएक....

हापुरे, भदौ १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कसैले भिख माग्दैमा राजतन्त्र नफर्किने बताएका छन्।
रिपोटर्स क्लव दाङ र बबई गाउँपालिकाको संयुक्त आयोजनामा बिहीबारदेखि दाङको हापुरेमा सुरू भएको शान्ति र समृद्धि सम्मेलनको उद्घाटन गर्दै पूर्वगृहमन्त्री शर्माले एतिहासिक उपलब्धीलाई बिर्सेर भड्किए आफैले प्राप्त गरेको अधिकार र स्वतन्त्रतता गुम्ने खतरा भएकाले कसैको बहकाउमा नलाग्न आग्रह गरे।
जनताले अस्वीकार गरेको राजतन्त्र कुनैपनि हालतमा नफर्किने भन्दै शर्माले संघीय गणतन्त्र विरोधी काम नगर्नेलाई सरकारले नछोड्ने चेतावनी दिए। उनले जनताले उठाएको संविधानसभा निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको माग पूरा भएको बताए।
संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको उनको दाबी छ।
फरक प्रसंगमा उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरे। हत्याहिंसा र बम आतंकले माग पूरा गर्न नसकिने भन्दै शर्माले शान्तिपूर्ण ढंगले गरिने संगठन निर्माणका लागि आफ्नो पार्टीले सहयोग गर्ने बताए।











-1784808429.png)