म्युजिक भिडियो ‘अनलाइन’ सार्वजनिक
काठमाडाैं, पुस २१ : युवा पुस्ताले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘अनलाइन’ सार्वजनिक भएको छ।
यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रवेश राईको छ। गीतमा शब्द संगीतसमेत गायक राईले नै दिएको हो। गीतलाई जिआर उप्रेतीले संगीत संयोजन गरेको छन्।
अनलाइनमा भएकी प्रेमिकाले नबोल्दा प्रेमीको मनमा आएको छटपटी र दुखेसो भिडियोमार्फत देखाइएको छ। भिडियो भीम लामिछानेले छायांकन र राजेश शाहले सम्पादन गरेका हुन्।
म्युजिक भिडियोमा गायक राई, सिर्जना भुजेल र बादल मगरको अभिनय रहेको छ। प्रवेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’को आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ।
आफ्नो पहिलो प्रयासलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन गायक राईले आग्रह गरेका छन्।
प्रकाशित मिति: १७:२९ बजे, बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












