Kathmandu Press

डेंगू नियन्त्रण गर्न काठमाडौंमा स्मोक गन (फोटो फिचर)

काठमाडौं, भदौ १९ : काठमाडौं उपत्यकामा पनि डेंगुको संक्रमण बढ्न थालेपछि बसन्तुर क्षेत्र वरिपरि ‘स्मोक गन’ मार्फत औषधि छर्किइएको छ।

....
डेंगू नियन्त्रण गर्न काठमाडौंमा स्मोक गन (फोटो फिचर)
रिवाज राई

काठमाडौं, भदौ १९ : काठमाडौं उपत्यकामा पनि डेंगुको संक्रमण बढ्न थालेपछि बसन्तुर क्षेत्र वरिपरि ‘स्मोक गन’ मार्फत औषधि छर्किइएको छ।

बिहीबार साँझ क्रुपे फाउण्डेसनले वसन्तपुर क्षेत्रमा ‘स्मोक गन’ प्रयोग गरेर औषधि  छर्किएको हो। काठमाडौं लगायत देशभर पछिल्लो समय डेंगूका बिरामीहरु बढ्न थालेका छन्। कृषि मन्त्री चक्रपाणि खनाल आफै डेंगू रोगबाट संक्रमित भएका छन्। उनी अहिले काठमाडौं ग्राण्डी अस्पतालमा उपचाररत छन्।

सुरुमा पूर्वी तराईमा फैलिएको डेंगू रोग अहिलले पहाडी जिल्लाहरुमा पनि फैलिएको छ। डेंगू एक प्रकारको लामखुट्टेको टोकाइबाट हुने रोग हो। यसले मानिसको रोग प्रतिरोधात्मक क्षमता नास गर्ने गर्छ।

हेनुहोस् वसन्तपुरमा स्मोक गन प्रहारका तस्वीरहरु :


 

प्रकाशित मिति: १८:५५ बजे, बिहीबार, भदौ १९, २०७६