Kathmandu Press

देश समृद्ध बनाउन सरकार प्रतिबद्ध : रक्षामन्त्री पोखरेल

काठमाडौं, भदौ १९ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताएका छन्।

....
देश समृद्ध बनाउन सरकार प्रतिबद्ध : रक्षामन्त्री पोखरेल

काठमाडौं, भदौ १९ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको सामाजिक–आर्थिक विकासमा निजी क्षेत्रको योगदान अग्रणी रहेको बताएका छन्।

बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दीगो विकासका लागि जिम्मेवार व्यवसाय सम्मेलन’ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले मुलुकको दीगो विकास लक्ष्य हासिल गर्न पनि जिम्मेवार निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका हुन्। 

सन् २०३० भित्र नेपाललाई दीगो विकास लक्ष्य हासिल गर्न ३०४ खर्ब बजेट चाहिने अनुमान गरिएको उल्लेख गर्दै उनले त्यसमा निजी क्षेत्रले ३६ प्रतिशत भन्दा बढि योगदान गर्न सक्ने अपेक्षा गरिएको पनि स्पष्ट पारे। 

मन्त्री पोखरेलले निजी क्षेत्रलाई साथमा लिएरै मुलुकलाई समृद्ध बनाउने काममा सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए।
 
प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, भदौ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्