Kathmandu Press

एडीबीले छाड्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार परियोजना

काठमाडौं, भदौ १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार परियोजनाबाट एसियाली विकास बैंक (एडीबी) बाहिरिएको छ। 

एडीबीले सन् २....

एडीबीले छाड्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार परियोजना
फाइल

काठमाडौं, भदौ १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार परियोजनाबाट एसियाली विकास बैंक (एडीबी) बाहिरिएको छ। 

एडीबीले सन् २०१२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ क्षमता अभिवृद्धि परियोजनामा ऋण र अनुदान लगानी गर्ने सम्झौता गरेको थियो। सम्झौता भएको ७ वर्षसम्म पनि परियोजनाले खास प्रगति गर्न नसकेको भन्दै एडीबी बाहिरिएको हो। एडीबी बाहिरिएसँगै विस्तार योजना पुनः वषौं धकेलिने पक्का भएको छ।

एडीबीले परियोजनाका लागि १० करोड अमेरिकी डलर ऋण र अनुदान दिने सम्झौता गरेको थियो। जसमा पहिलो चरणका लागि बैंकले ६ अर्ब दिनेगरी सम्झौता भएको थियो। नागरिक उड्डयन प्राधिकरणले विस्तारको जिम्मा स्पेनिस कम्पनी पेनिस कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेलाई दिएको थियो।

Hardik ivf

सान्जोसेले समयमा काम सम्पन्न गर्न नसकेको भन्दै सन् २०१६ मा ठेक्का सम्झौता तोडेको थियो। सान्जोसेसँग पहिलो चरणको विस्तारका लागि ६ करोड १० लाख अमेरिकी डलर रकम बराबरको ठेक्का सम्झौता भएको थियो। 

ठेक्का सम्झौता तोडेको लामो समयसम्म पनि आयोजना अघि बढाउन प्राधिकरण असफल भएपछि एडीबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार कार्यक्रमबाट हात झिकेको हो। एडीबीले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया नदिएपछि प्राधिकरण उच्चस्रोतका अनुसार नेपालले काम गर्न नसक्ने भएपछि एडीबी बाहिरिएको हो। हवाइ क्षमता अभिवृद्धि परियोजनाका प्रमुख बाबुराम पौडेल भने एडीबी बाहिरिएको भन्दा पनि अहिले नविरकण नभएको बताउँछन्। 

केही समयपछि पुनः सम्झौता गर्नेगरी छलफल भइरहेको भन्दै पौडेलले बचाउ गरे। ‘अहिलेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीको परियोजना छैन। तर नयाँ सम्झौताको तयारी गरिरहेका छौँ,’ अयोजना प्रमुख पौडेलले भने।  

तर प्राधिकरण स्रोतका अनुसार ६ अर्ब रुपैयाँको परियोजनाको लागत प्राधिकरणले २० अर्ब रुपैयाँ पु¥याएपछि एडीबी बाहिरिएको हो। विमानस्थलको क्षमता विस्तार गरी १० करोड अमेरिकी डलर लागतमा सन् २०१२ मा आयोजना सुरु भएको थियो। स्पेनिस कम्पनी सान्जोसेले सन् २०१६ मा आयोजना सम्पन्न गर्ने गरी जिम्मा लिएपनि काम गर्न नसकेको भन्दै रद्द भएको थियो। यद्यपि रद्द भएको तीन वर्षसम्म पनि आयोजनाको टेन्डर समेत हुन सकेको छैन। 

क्षमता विस्तारको मुख्य काम पार्किङ वे र ट्याक्सी वे बनाउने कामको टेन्डर अहिलेसम्म पनि हुन सकेको छैन।  सोही योजनाअनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवनको क्षमता विस्तार र टर्मिनल भवनभित्रको युटिलिटीको काम गर्न स्वदेशी कम्पनीले ठेक्का पाएर काम गरिरहेका छन्। 

त्यस्तै, दक्षिणतिर तीन सय मिटर धावनमार्ग विस्तारको काम पनि टेन्डर हुन सकेको छैन। ‘मुख्य काममा प्राधिकरणले ठेक्काको काम गर्न नसकेपछि एबीडी बाहिरिएको हो,’ प्राधिकरण स्रोतले भन्यो।  धावनमार्गसँगै समानान्तर ट्याक्सी वे बनाउने, १९ वटा पार्किङ वे बनाउने, टर्मिनल भवनको क्षमता विस्तार गर्ने उक्त आयोजनाको उद्देश्य छ।

बैंकको लगानीमा सञ्चालित परियोजनामध्ये सबैभन्दा कमजोर प्रस्तुति देखाइरहेको भन्दै पटक–पटक एडीबीले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। 
 

प्रकाशित मिति: १७:५९ बजे, बिहीबार, भदौ १९, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्