दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो
काठमाडौं, भदौ १९ : सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको छ।
शनिबारदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले....
काठमाडौं, भदौ १९ : सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको छ।
शनिबारदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाइएको दूग्ध विकास संस्थानले जनाएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गरेको पत्रचारका आधारमा दूधको मूल्य बढाइएको संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईले जानकारी दिए।
बिहीबार नै मन्त्रालयले संस्थानलाई दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढाउन पत्राचार गरेको थियो। शुक्रबार बजारमा पठाउने दूधको प्याकेजिङ भइसकेकाले मूल्य शनिबारबाटमात्रै लागू हुनेछ।
यसअघि सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न दूग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा समिति बनाएको थियो। समितिले ६ देखि १० रुपैयाँसम्म दूधको मूल्य बढाउन सरकारलाई सिफारिस गरेको थियो।






