Kathmandu Press

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि

काठमाडौं, भदौ १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेदेखि सुरु हुने भएको छ। 

पा....

कांग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ देखि

काठमाडौं, भदौ १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेदेखि सुरु हुने भएको छ। 

पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दोस्रो चरणको जागरण अभियान वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर भदौ २४ देखि सुरु गर्न लागिएको जानकारी दिए।

दोस्रो चरणको जागरण अभियान असोज ७ गते सकिने प्रवक्ता शर्माले बताए।  पहिलो चरणको जागरण अभियान एक महिने भएपनि दोस्रो चरणका लागि १५ दिने तोकिएको छ।  

दोस्रो चरण्को जागरण अभियानमा पूर्व घोषणा अनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत अभियान चलाइने छ भने हरेक क्षेत्रमा एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाइने प्रवक्ता शर्माले बताए।

वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतिक स्वरूप १०६ विरूवा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षारोपण गरेर दोस्रो चरणको ‘हिपतम’ जागरण अभियानको देशव्यापी रूपमा उद्घाटन गरिने प्रवक्ता शर्माले बताए।

एकै दिन ३४९८० विरूवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि योगदान पु¥याइने कांग्रेसले जनाएको छ। वृक्षारोपणका लागि प्रतिकुल मौसम भएका कतिपय क्षेत्रमा उद्घाटनका दिन निश्चित स्थलमा रूख विरूवाको गोडमेल, घेराबारा या अनुकुलताका यस्तै रचनात्मक कार्य हुने शर्माले बताए।

दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन असोज ७ गते जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गरिने प्रवक्ता शर्माले बताए। प्रदर्शनलाई  बढ्दो महंगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयकहरु र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनकाविरुद्ध केन्द्रीत गरिने प्रवक्ता शर्माले जानकारी दिए।

यस्तै, जिल्ला स्तरीय प्रदर्शनमा स्थानीय स्तरका मुद्दाहरुलाई पनि प्राथमिकताका साथ उठाइने उनको भनाइ छ।
 

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, भदौ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्