Kathmandu Press

५० लाखको विद्युतीय कार नेपाल भित्र्याउँदै पारामाउन्ट

काठमाडौं, भदौं १९ : पारामाउन्ट मोटर्स् प्रालिले ४९ लाख ९९ हजारको विद्युतीय कार नेपाल भित्र्याउन भएको छ। 

कम्पनीले एमजी जेडएस ईभी प्रोमा....

५० लाखको विद्युतीय कार नेपाल भित्र्याउँदै पारामाउन्ट

काठमाडौं, भदौं १९ : पारामाउन्ट मोटर्स् प्रालिले ४९ लाख ९९ हजारको विद्युतीय कार नेपाल भित्र्याउन भएको छ। 

कम्पनीले एमजी जेडएस ईभी प्रोमाउन्ट कार एक साताभित्र नेपाल भित्र्याउने जनाएको छ। कम्पनीले नाडा अटो  शो–२०१९ मा सार्वजनिक गर्न खोजेको थियो। तर, प्राविधिक कारणले ढिलाइ भएको कम्पनीले जनाएको छ।

यो गाडी ८० प्रतिशतसम्म फास्ट चार्जिङ गर्न सकिने कम्पनीले जनाएको छ। एक पटक चार्ज गर्दा चार सय २८ किलोमिटरसम्म दौडिन सक्ने जनाएको छ।

यो गाडीको ब्याट्री क्षमता भने आठ वर्षको रहेको छ। निलो, रातो र  सेतो रंगमा यो गाडी उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, भदौ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्