Kathmandu Press

मेघा र केभिनकाे स्वर रहेको ‘म त तिम्रै हुँ’ सार्वजनिक

काठमाडौं, पुस १९ : अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय संगीतकार अम्बर तुम्बापो सुब्बा र गीतकार रिमा श्रेष्ठको सहकार्यमा तयार पारिएको फरक धारको म्युजिक...
मेघा र केभिनकाे स्वर रहेको ‘म त तिम्रै हुँ’ सार्वजनिक
Hardik ivf

काठमाडौं, पुस १९ : अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय संगीतकार अम्बर तुम्बापो सुब्बा र गीतकार रिमा श्रेष्ठको सहकार्यमा तयार पारिएको फरक धारको म्युजिक भिडियो ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ।  
    
रोमाञ्चक यस गीतमा गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको स्वर रहेको छ। गीतमा सुजिल कर्माचार्यले संगीत संयोजन गरेका छन्। म्युजिक भिडियोमा सन्नी सिंह र कुसुम गुरुङबीचको प्रेम र रोमान्सलाई दृश्यमा प्रस्तुत गरिएको छ।

दीपकराज सुनारले छायांकन गरेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको हो। कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको म्युजिक भिडियोलाई संगीतकार सुब्बाको च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफिसिएल’मार्फत सार्वजनिक गरिएको जनाइएको छ।

प्रकाशित मिति: १८:०९ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्