पूर्वसांसद डीबी कार्की पक्राउ
काठमाडौं, भदौ १९ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पूर्वसभासद डोलबहादुर कार्की (डीबी)लाई पक्राउ गरेको छ।
बिहीबार....

काठमाडौं, भदौ १९ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पूर्वसभासद डोलबहादुर कार्की (डीबी)लाई पक्राउ गरेको छ।
बिहीबार बिहान सीआईबीको टोलीले डीबी कार्कीलाई काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई अदालतको आदेश अनुसार, पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनी पहिलो संविधानसभामा नेकपा (एमाले)बाट सभासद भएका थिए। लमजुङका कार्की त्यतिबेला समानुपातिकबाट सभासद बनेका थिए।
ईन्स्पेक्टर बनाउने भन्दै पैसा लिएको आरोपमा उनलाई २०६७ मा पक्राउ गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली रंगेहात पक्राउ गरेको थियो।
विशेष अदालतले उनलाई दोषी ठहर गरेको छ। विशेष अदालतले पूर्वसाभासद कार्कीलाई ६ महिना कैद र एक लाख जरिवानाको सजाय सुनाएको थियो। उनी त्यसका विरुद्ध सर्वोच्च अदालत गएका थिए।











-1784808429.png)