Kathmandu Press

कृषिमन्त्री खनाललाई डेंगु संक्रमण, ग्रान्डी अस्पताल भर्ना

काठमाडौं, भदौ १९ : कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमणले बिरामी परेपछि उनलाई ग्रान्डी अस्पताल भर्ना गरि....

कृषिमन्त्री खनाललाई डेंगु संक्रमण, ग्रान्डी अस्पताल भर्ना
काठमाडौं प्रेस

काठमाडौं, भदौ १९ : कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमणले बिरामी परेपछि उनलाई ग्रान्डी अस्पताल भर्ना गरिएको छ।

मन्त्री खनाललाई दुई–तीन दिनदेखि ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या देखिएका थिए। त्यसपछि उनी बुधबार निदान अस्पताल भर्ना भएका थिए। अस्पतालले डेंगु लागेको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाएको थियो।

त्यहाँ परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले बताए।

उनका अनुसार, मन्त्री खनाललाई बुधबार साँझ नै ग्रान्डी अस्पताल भर्ना गरिएको छ। ‘मन्त्रीज्यूको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ’ गिरीले भने। उनी अझै केही दिन अस्पतालमै रहने जनाएको छ।

चितवनमा देखिएको डेंगुको संक्रमण विस्तारै देशभरी फैलिँदै गएको छ। पछिल्लो समय भक्तपुरमा पनि डेंगुको संक्रमण देखिएको छ।

प्रकाशित मिति: १२:३३ बजे, बिहीबार, भदौ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्