इन्डस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभल २०२१ मा चलचित्र बुलबुलले पायाे तीन अवार्ड
काठमाडाैं, पुस १८ : ‘इन्डस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभल २०२१' मा नेपाली चलचित्र बुलबुलले उत्कृष्ट अवार्ड जित्न सफल भएकाे छ।फेस्टिभलमा छनोट भएका चलचित्रहरुलाई...काठमाडाैं, पुस १८ : ‘इन्डस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभल २०२१' मा नेपाली चलचित्र बुलबुलले उत्कृष्ट अवार्ड जित्न सफल भएकाे छ।
फेस्टिभलमा छनोट भएका चलचित्रहरुलाई विभिन्न विधामा प्रदान गरिएको अवार्डमा फिचरतर्फ बुलबुलले तीन शीर्ष अवार्ड जितेको हो।
फिल्मकाे विभिन्न विधामध्ये चलचित्र बुलबुलका विनोद पौडेलले उत्कृष्ट निर्देशककाे अवार्ड हात पारेका छन्। त्यस्तै,उक्त चलचित्रबाटै उत्कृष्ट अभिनेता (पुरूष)तर्फ मुकुन भुसालले र उत्कृष्ट अभिनेता (महिला)तर्फ स्वस्तिमा खड्काले अवार्ड प्राप्त गरेका छन्।
त्यस्तै, उत्कृष्ट सर्ट फिल्म बेयर ट्रीज इन द मिस्टमा निर्देशक राजन कठेतले अवार्ड पाएका छन।
प्रकाशित मिति: २१:०६ बजे, आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












