Kathmandu Press

‘कलाशिरोमणि : केशव दुवाडी’ लोकार्पित

काठमाडाैं, पुस १८ : नेपाली नोटको ढाँचा निर्माण गर्ने कला इतिहासका मूर्धन्य व्यक्ति केशव दुवाडीको व्यक्तित्व र कृतित्वबारे लेखिएको पुस्तक ‘कलाशिरोमणिः केशव दुवाडी’...
‘कलाशिरोमणि : केशव दुवाडी’ लोकार्पित

काठमाडाैं, पुस १८ : नेपाली नोटको ढाँचा निर्माण गर्ने कला इतिहासका मूर्धन्य व्यक्ति केशव दुवाडीको व्यक्तित्व र कृतित्वबारे लेखिएको पुस्तक ‘कलाशिरोमणिः केशव दुवाडी’ को आज एक समारोहका बीच विमोचन गरिएको छ।

केशव दुवाडी स्मृति प्रतिष्ठानद्वारा आयोजित समारोहमा संस्कृतिविद् सत्यमोहन जोशी र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस्तक विमोचन गरेका हुन्। १९७८ सालमा जन्मिएका दुवाडीको २०५३ मा देहावसान भएको थियो। आज परेको उनको २५औं स्मृति दिवसका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो। 

समारोहमा सञ्चारमन्त्री कार्कीले दुवाडीले नेपाली कलाको विकासमा गरेको योगदानको प्रशंसा गरे। उनले दुवाडीको सपना पूरा गर्न र उहाँले कलामार्फत मुलुकलाई पुर्‍याएको योगदान भावी पूस्तामा पुर्‍याउन कलाकारलाई सुझाव पनि दिए। उनले सरकारका तर्फबाट दवाडीलाई उचित सम्मान दिने आश्वासन दिएका छन्।

Hardik ivf

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले अग्रज कलाकार दुवाडीको योगदान अविश्मरणीय रहेको उल्लेख गर्दै प्रतिष्ठानले पनि उहाँको सम्मानमा पुस्तक निकालने जानकारी दिए। 

संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली नोट डिजाइको समयमा दुवाडीसँग सँगसँगै काम गरेको स्मरण गर्दै उgको योगदान ओझेलमा परेको सुनाए। विधि पुर्‍याएर चित्रकलाको सुरुआत गर्ने दुवाडी मेमेरेटिभ चित्रकला परम्परा थालनी गर्ने कलाकार भएको उल्लेख गर्दै जोशीले उनलाई राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए।

अधिकारकर्मी दमनाथ ढुङ्गानाले देश निर्माणमा योगदान गर्ने राष्ट्रका सपुतलाई उनकै परिवारबाट स्थापित प्रतिष्ठानमार्फत सम्झनुपर्ने विडम्बना नेपालमा रहेको भन्दै चिन्ता प्रकट गरे। उनले कलामार्फत मुलुकको शिर उँचो बनाउने कलाकारको एउटा हुलाक टिकटसमेत ननिस्किनु दुःखद भएको बताए। 

पुस्तकका लेखक प्रा. कृष्णप्रसाद दाहालले नेपाली कला इतिहास निर्माण गर्ने दुवाडी ललितकला विधाका प्रथम स्नातकोत्तर व्यक्ति भएको जानकारी दिए। उनका अनुसार दुवाडी हाल चलनचल्तीमा रहेको नेपाली नोटका डिजाइनर थिए।

उनीसँगै जोशी र लैनसिंह वाङ्देलको टोलीले नोटको डिजाइन गरेको थियो। दुवाडीले चलाएको कुचीले रङ भरेर नोट तयार भएको र हाल राजाको तस्बिर हटाइए पनि नोटको डिजाइन पुरानै चलनचल्तीमा रहेको बताए।

पत्रपत्रिकामा आवरण चित्रको थालनी पनि दवाडीले नै गरेका थिए। जुद्धकला पाठशालाका प्रथम प्राधानाध्यापक दुवाडी ललितकला क्याम्पसका पनि प्रथम प्राचार्य थिए।

यी विविध आयाम समेटेर पुस्तक प्रकाशन गरिएको बताउँदै प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार दुवाडीले कलाकारलाई राज्यस्तरबाट अवमूल्यान भएको गुनासो गरे। उनले भने, ‘नेपालको कला इतिहासलाई फराकिलो पार्नुभएको छ तर राज्यका तर्फबाट एउटा हुलाक टिकट पनि प्रकाशन नहुनु दुखद छ। 

प्रकाशित मिति: १८:०१ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्