सरिता साहको नाटक ‘ढकियामे नागरिकता’को पोस्टर सार्वजनिक
काठमाडौं पुस १८ : युवा निर्देशक सरिता साहको निर्देशनमा ‘ढकियामे नागरिकता’ नाटकको पोस्टर सार्वजनिक भएको छ। उक्त नाटक माघ १ गतेदेखि १० गतेसम्म...
काठमाडौं पुस १८ : युवा निर्देशक सरिता साहको निर्देशनमा ‘ढकियामे नागरिकता’ नाटकको पोस्टर सार्वजनिक भएको छ। उक्त नाटक माघ १ गतेदेखि १० गतेसम्म हरेक दिन साँझ ४ः३० बजे शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ।
नाट्कको माध्यमबाट जन्मसिद्ध नागरिकता पाएका आमा बुवाको छोराछोरीले वंशजका आधारमा नागरिकताविहीन हुन पुगेको, विदेशी महिलाले नेपालीसँग विवाह गरी श्रीमान् मरेपछि नागरिकता न पाएको कारण राज्यले दिने विभिन्न सेवा सुविधाहरुबाट बञ्चित हुन पुगेको, भूमि नभएको कारण नागरिकता नपाएको जस्ता समस्याहरु देखाउने कोसिस गरिएको छ।
राज्य सत्ताले नागरिकताजस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौं नागरिकहरु अनागरिक हुनुपरेको भन्दै साहले आफ्नो नाटकमार्फत आमनागरिकको समस्या जनसमुदाय समक्ष प्रस्तुत गर्ने बताएकी छन्।
‘नागरिकतासम्बन्त्री राज्यले बनाएको कानून कार्यान्वयन नहुँदा लाखौं नागरिक नागरिकताविहीन हुन पुगेका छन्,’ निर्देशक साहले भनिन्, ‘संविधानमा भएको व्यवस्था कार्यान्वयन नगर्ने समस्या त छँदै छ, अर्कोतर्फ पुरुषवादी र नस्लवादी सोचका कारण पनि खास गरि महिलाहरुलाई नागरिकता लिन समस्या छ। जन्मसिद्धका सन्तानलाई नागरिकता दिँदा राष्ट्रियता मासिन्छ भन्ने डरलाई नाटकमार्फत प्रस्तुत गरिएको छ।’
नाटकको विषयवस्तुबारे निर्देशक तथा लेखिका साहले भनिन्, ‘राज्य सत्तामा रहेका व्यक्तिहरुले आफ्नो अनुकूल नियम कानुन बनाइदिने, बनाएका कानुनहरु कार्यान्वयन नगर्ने, अदालतको आदेश सिडिओले नमान्ने जस्ता समस्याहरु देखिएको छ।’
नाटकमा कही न कही प्रशासनको कमीलाई दर्साइएको छ। उनका अनुसार नागरिकता कुनै बाँड्ने चिज होइन, यो सम्पूर्ण नागरिकको अधिकारको विषय रहेको कुरालाई जोडदार रुपमा प्रस्तुत गरिएको छ।
नाटकमा कलाकारहरु सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी) आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), संजय मुडियारी (मोरङ), सुदीपजंङ कार्की (मोरङ), सुदीप पटेल (धनुषा), सुस्मिता पोख्रेल (सुनसरी), आकाश झा (महोत्तरी) र प्रिन्सेज साहको अभिनय रहेको छ।












-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)