चिनियाँ ह्याकरको थ्रेटपछि अरू बैंकको एटीएमबाट पैसा झिक्न रोक
काठमाडौं, भदौ १८ : अन्तर बैंक एटीएमबाट पैसा झिक्न केही समयका लागि रोक लगाइएको छ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ....
काठमाडौं, भदौ १८ : अन्तर बैंक एटीएमबाट पैसा झिक्न केही समयका लागि रोक लगाइएको छ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले बुधबार विज्ञप्ति जारी गरी केही समयका लागि एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएमबाट पैसा झिक्न रोक लगाइएको जनाएको छ।
नेपालका बैंकहरुबाट चिनियाँ नागरिकले एटीएम कार्ड प्रयोग गरी अनाधिकृत (ह्याक) रुपमा पैसा निकालेपछि नेपालको बैंकिङ क्षेत्रमा सुरक्षा ग्यारेण्टीलाई लिएर अनुसन्धान भइरहेकाले तत्कालका लागि अन्तर बैंक एटीएमबाट सेवा बन्द गरिएको नेप्सले जनाएको छ।
नेपालका १८ वटा बैंकको एटीएम कार्ड सम्बन्धी होस्टिङ र स्वीचिङको काम गर्दै आएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले केही समयका लागि अन्तर बैंकमा नचल्ने गरी सम्बन्धित बैंकको एटीएम तथा पीओएस मेसिनमा मात्रै चल्ने व्यवस्था गरेको जानकारी गराएको छ।
नेप्सले सम्बन्धित बैंकको एटीएम तथा पीओएस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई आग्रह गरेको छ। नेप्सले ह्याकिङ विषयमा अनुसन्धान भइरहेको पनि जनाएको छ। घटनाका कारण ग्राहकको खातामा रहेको रकममा कुनै असर नपरेको र निक्षेपकर्ताको रकम बैंकमा सुरक्षित रहेको नेप्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हेर्नुस् सूचना:
.jpg)






