वरिष्ठ साहित्यकार भडारीको निधन
मङ्गलबारे, पुस १८ : वरिष्ठ साहित्यकार माधवप्रसाद भडारीको मृत्यु भएको छ । हाल काठमाडौँमा बस्दै आउनुभएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उनको ८६ वर्षको उमेरमा...
मङ्गलबारे, पुस १८ : वरिष्ठ साहित्यकार माधवप्रसाद भडारीको मृत्यु भएको छ । हाल काठमाडौँमा बस्दै आउनुभएका इलाम नगरपालिका–२ सुम्बेक निवासी उनको ८६ वर्षको उमेरमा आज काठमाडौँ लुबुस्थित आफ्नै घरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्व भडारीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उनका ‘नेपाली कथा’ २०१, ‘गाउँघर कथा’ २०१५, ‘सुन्दर अलङ्कार’ २०१८ (सहलेखन), ‘जन्मघर नाटक’ २०२८, ‘हाम्रो साहित्य र साहित्यकार’ २०२८ निबन्ध लेखन, ‘पूर्णिमा उपन्यास’ २०३०, ‘आमाको आकाङ्क्षा’ २०३६ ‘माधव भडारीका कथा’ २०४०, ‘नबिर्सिने कोशेली’ २०६१ लगायत दर्जनौं चर्चित कृति तथा सङ्ग्रह प्रकाशित भएकोे साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए।
साहित्यिक पत्रकार सङ्घबाट प्रदान गरिने मैनाली कथा पुरस्कारबाट २०५८ सालमा पुरस्कृत हुनुभएको भडारी महानन्द पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु चौथो आदिबाट सम्मानित भइसकेका साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए। स्व भडारीलाई इलाम संस्कृति प्रतिष्ठानले अभिनन्दनसमेत गरिसकेको छ । आफ्नो थर भडारी लेख्नुभएकाले उहाँका परिवारले समेत भडारी नै लेख्ने गरेका छन्।












