पत्रकार महासंघलाई सञ्चारमन्त्रीको आग्रह- सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्नुस्
काठमाडौं, भदौ १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका....

काठमाडौं, भदौ १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले जे राम्रो गर्ने हो त्यसलाई निष्कर्षमा पु¥याउन महासंघले विरोधको वक्तव्य नभई बहसमै उत्रिनुपर्ने पनि स्पष्ट पारे।
बुधबार आफ्नै मन्त्रालयमा पत्रकार महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा उनले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया हाउसलाई पुनः सचेत पनि गराए।
उनले न्यूनतम पारिश्रमिक लागू गराउन एक वर्षयता पहल गरिरहे पनि त्यसमा सफलता प्राप्त गर्न नसकेकोमा आफू दुःखित रहेको पनि बताए।
मन्त्री बाँस्कोटाले ठूला मिडिया हाउसले न्यूनतम पारिश्रमिक लागू गराउन अटेर गरेकोमा पनि आपत्ति जनाए।
कार्यक्षेत्रमै दुर्घटनामा परेका पत्रकारहरुलाई विशेष व्यवस्था हुने गरी कानून बनाउने तयारीमा सरकार रहेको उल्लेख गर्दै उनले त्यसलाई समृद्ध बनाउने विषयमा नेपाल पत्रकार महासंघबाट ठोस प्रस्तावको अपेक्षा गरिएको पनि बताएका थिए।











-1784808429.png)