Kathmandu Press

गगनलाई नेकपाका सांसदको जवाफ- प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोजौं

काठमाडौं, भदौ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सूर्यप्रसाद पाठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व ....

गगनलाई नेकपाका सांसदको जवाफ- प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोजौं

काठमाडौं, भदौ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सूर्यप्रसाद पाठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोज्न आग्रह गरेका छन्। 

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री अस्वस्थ भएकाले आराम गर्न दिऔं भनेपछि नेकपा सांसद पाठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोज्न आग्रह गरेका हुन्। 

स्वास्थ्य लाभको कामना गरेजस्तो गरी प्रधानमन्त्रीले राजीनामा दिए हुन्थ्यो जस्तो गरी आशय प्रकट बताउँदै उनले भने,‘प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोजौं।’

उनले ओली नेतृत्वको सरकार पाँच वर्ष चलेर मुलुकले फड्को मारेपछि कतै आफ्नो दलको अस्तित्व धरापमा पर्ने त होइन भन्ने चिन्ता केहीमा रहेको बताए। 

‘धेरै मान्छेहरु र धेरै शक्तिहरुलाई के लागेको छ भने प्रधानमन्त्री ओलीको नेतृत्वमा यो सरकार ५ वर्ष चल्यो भने मुलुकले फड्को मार्नेछ, त्यतिबेला आफ्ना दलहरुको अस्तित्व कतै धरापमा त पर्ने होइन चिन्ता छ,’ उनले भने,‘मेरो आग्रह छ- प्रधानमन्त्रीका स्वास्थ्यभित्र आफनो दलको अस्तित्व नखोजौं।’ 

यसअघि संसदमा बोल्दै कांग्रेस सांसद थापाले पछिल्लो समय प्रधानमन्त्रीको कार्यवोझ बढाइएको तर शारीरिक स्वास्थ्य अवस्था कमजोर भएकाले इच्छाशक्ति भएपनि प्रधानमन्त्रीले आफूमाथिको दायित्व पूरा गर्न नसक्ने भन्दै थापाले नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गर्न पनि नेकपाको ध्यानाकर्षण गराएका थिए।
 

प्रकाशित मिति: १६:२० बजे, बुधबार, भदौ १८, २०७६