Kathmandu Press

स्मृतिग्रन्थ ‘जनताका साथी’ सार्वजनिक

काभ्रेपलाञ्चोक, पुस १७ : काभ्रेपलाञ्चोकको जनपक्षीय नेताका रूपमा परिचित एवं समाजसेवी स्व शशिधर तिमल्सिनाको स्मृतिग्रन्थ ‘जनताका साथी’ नाक पुस्तक एक समारोहकाबीच आज बनेपामा...
स्मृतिग्रन्थ ‘जनताका साथी’ सार्वजनिक

काभ्रेपलाञ्चोक, पुस १७ : काभ्रेपलाञ्चोकको जनपक्षीय नेताका रूपमा परिचित एवं समाजसेवी स्व शशिधर तिमल्सिनाको स्मृतिग्रन्थ ‘जनताका साथी’ नाक पुस्तक एक समारोहकाबीच आज बनेपामा सार्वजनिक गरिएको छ।

स्मृतिग्रन्थको राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना, पूर्वमन्त्री केशवप्रसाद बडाल र शिक्षाससेवी रामप्रसाद अधिकारीले संयुक्तरूपमा सार्वजनिकीकरण गरेका हुन्। तत्कालीन अवस्थामा वृक्षरोपण, सडक, शिक्षा र खानेपानी व्यवस्थापनका अगुवा नमोबुद्ध नगरपालिकाका स्व तिमल्सिनाको १४ वर्षअघि ८६ वर्षको उमेरमा निधन भएको थियो। स्मृतिग्रन्थमा २० व्यक्तिले शब्दमार्फत स्व तिमल्सिनाको व्यक्तित्वबारे चित्रण गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोग अध्यक्ष तिमल्सिनाले जातीय समावेशीता मात्र नभई बौद्धिक समावेशीतामासमेत जोड दिनुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘जातीय समावेशीता छँदैछ, अब विषयगत बौद्धिकताको समावेशीता खोज्नुपर्छ, जसले समाज परिवर्तनमा अग्रणी भूमिका खेल्नेछ।’ जातीय समावेशीताले पाएको अवसरसँगै बौद्धिक समावेशीतालाई प्रवद्र्धन गर्नु सामाजिक दायित्व रहेको उहाँको धारणा थियो।

शब्दयात्रा प्रशासनद्वारा प्रकाशित १४४ पृष्ठको उक्त पुस्तक सार्वजकिनीकरण कार्यक्रममा पूर्वमन्त्री बडाल, नेकपा (एकीकृत सामाजवादी) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजा, नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, बेथानचोक गाउँपालिका प्रमुख प्रेमबहादुर तिमल्सिना, वनविज्ञ विजय पौडेल, साहित्यकार एवं भाषासेवी हरि मञ्जुश्रीलगायतले स्व तिमल्सिनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको सामाजिक कार्यको चर्चा गरेका थिए।

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्