Kathmandu Press

न्युयोर्कमा गायक राजेशपायलमाथि हातपात

काठमाडौं, पुस १७ : अमेरिकाको न्युयोर्कमा आयोजित एक कन्सर्टमा गायक राजेशपायल राईमाथि हातपात भएको छ। अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतका लागि आयोजित कन्सर्टमा...
न्युयोर्कमा गायक राजेशपायलमाथि हातपात

काठमाडौं, पुस १७ : अमेरिकाको न्युयोर्कमा आयोजित एक कन्सर्टमा गायक राजेशपायल राईमाथि हातपात भएको छ। अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतका लागि आयोजित कन्सर्टमा गीत गाइरहेको अवस्थामा उनीमाथि हातपात भएको हो।

स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अँगालो मारेजस्तो गरेर हातपात गरेका थिए। उनीमाथि हातपात गरिएको भिडियो युट्युबमा पनि सार्वजनिक भएको छ।

Hardik ivf

सो भिडियोमा ती युवकले अँगालो मारेर स्टेजमै पछाडि तानेर लडाउन खोजेको सकिन्छ। हातपात हुनासाथ त्यहाँ हल्लाखल्ला भएको थियो। आयोजकले ती युवकलाई स्टेजबाट बाहिर निकालेका थिए।

एकैछिन कार्यक्रम रोकिए पनि गायक राईले तुरुन्त गीतलाई निरन्तरता दिएका थिए। गाइरहेको गीत सकिनेबित्तिकै उनले पछाडिबाटको अँगालो पनि स्वीकार्य हुने बताएका थिए।

उनले ‘राजेश पायल राई न कहिल्यै हार्न जान्दछ न कहिल्यै भाग्न जान्दछ’ भनेर दर्शकलाई आफू विचलित नभएको सन्देश दिन खोजेका थिए। हातपात कसले किन गर्‍याे भन्ने खुल्न बाँकी छ।

प्रकाशित मिति: १६:०० बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्