Kathmandu Press

भ्रष्टाचार ढाकछोप गर्न सरकारले अख्तियारलाई तर्सायो : पौडेल

काठमाडौं, भदाै १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार दुई तिहाइको दम्भ देखाउँदै अख्तियारलाई तर्साएर भ्रष्टाचारका मुद्दा ढा....

भ्रष्टाचार ढाकछोप गर्न सरकारले अख्तियारलाई तर्सायो : पौडेल

काठमाडौं, भदाै १८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार दुई तिहाइको दम्भ देखाउँदै अख्तियारलाई तर्साएर भ्रष्टाचारका मुद्दा ढाकछोप गर्न लागेको आरोप लगाएका छन्।

बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटर ट्वीट गर्दै वरिष्ठ नेता पौडेलले सरकारले भ्रष्टचारीलाई जोगाउन अख्तियारलाई तर्साइरहेकाे आरोप लगाएका हुन्। पौडेलले  सरकारले दुई वर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानी र नाम तोक्न नसकेकोमा पनि असन्तुष्टि जनाएका छन्।

उनले अख्तियारलाई तर्साएर ठूला-ठूला भ्रष्टाचारलाई जोगाउने काम गरेको र वाइडबडीजस्तो अर्बौंको भ्रष्टाचार काण्डलाई समेत ढोकछोप गर्न लागेको बताए।

‘यो सरकारले दुई वर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानी र नाम तोक्न सकेको छैन। अख्तियारलाई तर्साएर ठूला-ठूला भ्रष्टाचारलाई जोगाउने काम गरेको छ र वाइडबडीजस्तो अर्बौंको भ्रष्टाचार काण्डलाई समेत ढोकछोप गर्न लागेको छ,’ पाैडेलले ट्वीटमा भनेका छन्। 

प्रकाशित मिति: १३:२० बजे, बुधबार, भदौ १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्