Kathmandu Press

प्रदर्शनमा उत्रिएका १३ विद्यार्थी पक्राउ

काठमाडौं, भदौ १८ : चिकित्सा शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरूले नै ठगी गरेको भन्दै आन्दोलित विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

त्रिवि....

प्रदर्शनमा उत्रिएका १३ विद्यार्थी पक्राउ

काठमाडौं, भदौ १८ : चिकित्सा शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरूले नै ठगी गरेको भन्दै आन्दोलित विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

त्रिवि शिक्षण अस्पतालको इन्टिच्युट अफ मेडिसिन (आइओएम) मा नाराबाजी गरेको भन्दै १३ जना चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका हो।

आन्दोलनरत मेडिकल विद्यार्थीले आज बिहानदेखि नै आइओएमको प्रवेशद्वार अगाडि नाराबाजी गरेका थिए। उनीहरूले आईओएमभित्र प्रवेशमा अवरोध गर्दै आएका थिए।

विद्यार्थीले आइतबार आइओएमको परीक्षा नियन्त्रण शाखा र डीनको कार्यालयमा गरेको तालाबन्दी भने प्रशासनले खुलाएको छ।

यसै विषयमा छलफल गर्न काठमाडौं विश्वविद्यालयबाट सुजन कडेरीया, आईओएमका मिलन गैरेलगायतका विद्यार्थी र मन्त्रालयका प्रतिनिधिबीच छलफल चलिरहेको छ।

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, भदौ १८, २०७६